१०३ औं अक्टोबर क्रान्ति दिवसको अवसरमा नेमकिपाको कार्यकर्ता भेटघाट कार्यक्रम

१०३ औं अक्टोबर क्रान्ति दिवसको अवसरमा नेमकिपाको कार्यकर्ता भेटघाट कार्यक्रम

बुटवल ।
१०३ औं अक्टोबर क्रान्ति दिवसको अवसरमा नेपाल मजदुर किसाना पार्टी रुपन्देहीले मंगलबार तिलोत्तमास्थित कुञ्जपार्कमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले अक्टोबर क्रान्तिबाट सिकेर नेपालमा पनि समाजवादी व्यवस्था स्थापना गर्न वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने जोड दिनु भयो । कोभिड – १९ को महामारीले समाजवादी व्यवस्था र पुजीवादी व्यवस्थाको भेद प्रष्ट रुपमा खुलाएको बताउ“दै अध्यक्ष वासीले समाजवादी व्यवस्था भएका देशहरु चीन, प्रजग कोरिया र क्युवाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर महामारीबाट जनताको जिउ जोगाउन हरेक प्रयत्न गरेको तर पुजीवादी व्यवस्था भएका देशहरु संरा अमेरिका, भारत, ब्राजिल तथा नेपालमै पनि आर्थिक लाभलाई पहिलो प्राथामिकतामा राखेर महामारी रोकथाम तथा जनताको उपचारमा बेवास्ता गरेको चर्चा गर्नु भयो ।
समाजवादी गणतन्त्र प्रचार अभियानबाट जागरुक व्यापक जनताको दबाबको कारण संविधान उल्लेखित आधारभुत स्वास्थ्य निःशुल्क गर्ने प्रावधान पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिंदा समेत लागु नगरेको बताउ“दै अध्यक्ष वासीले महामारीको बेलामा पनि जनताको उपचारमा ध्यान नदिने र दैनिक जीविकोपार्जन सहज बनाउन कुनै पहल नगर्ने सरकारविरुद्ध व्यापक जनतामा असन्तुष्टि र आक्रोश फैलिएको छ भन्नु भयो ।
कार्यक्रममा समसामयिक राष्ट्रिय अन्तरराष्ट्रिय विषयमा पनि छलफल समेत भएको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij