सचिवालय छल्ने प्रधानमन्त्रीको रणनीति, डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

सचिवालय छल्ने प्रधानमन्त्रीको रणनीति, डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ तर, आज कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन् । उसो त आजै १ बजे नेकपा सचिवालय बैठक बस्ने भनिएको छ । प्रधानमन्त्री ओलीले त्यही समय मिल्ने गरी मन्त्रिपरिषद बैठक राख्न लागेका हुन् ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीसँग मगंलबारको मध्यरातमा भएको बैठकपछि लिएकोले दल विभाजन सम्बन्धी अध्यादेशसँगै मन्त्रिपरिषद्को पुर्नगठनबारे निर्णय हुन सक्ने बुझिएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेका थिए । त्यसयता नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij