महोत्तरी ।
बर्दिबासकी ६ वर्षीया बालिका हत्याको बिरुद्धमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
बालिका गुलाब साह खातुनको बालत्कार गरी हत्या गरेको भन्दै स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागेर बर्दिबासका संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएका छन्।
न्यौपानेको तिघ्रामा, आलमको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताए । न्यौपाानेको थप उपचारका लागि पिनायक हस्पिटलबाट काठमाडौं रेफर गरिएको छ भने अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदै छ ।
आइतबार बेलुकादेखि बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट हराएकी सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति शव बोरामा राखेर फालेको अवस्थामा फेला परेको थियो ।
उनलाई स्थानीय अरुण किराना पसलका संचालक २५ वर्षीय अरुण कुमार साहले बलात्कार गरी हत्या गरेको स्थानीयबासीको आरोप छ । साहले हत्या आफुले गरेको र शव बोरामा राखेर फालेको प्रहरी समक्ष स्वीकार गरिसकेको प्रहरी श्रोतले उल्लेख गरेको छ ।
बालिका बलात्कार तथा हत्याको बिरोधमा बिहानैदेखि बर्दिबासमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले आरोपी साहको घर समेत जलाएका छन् । आगजनीभएको घरमा आगो निभाउन जान खोज्दा प्रहरीमाथि अवरोध भएपछि गोली चलाएको प्रहरीले जनाएको छ । अहिले बर्दिबासको अवस्था तनावग्रस्त छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्