बुटवल – रुपन्देही क्षेत्र न २ का सांसद विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङ सार्न सहमति जनाउदै अर्थ मन्त्री संग साटेको विषयमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बुधबार बुटवलमा विरोध प्रर्दशन गरेको हो । विरोध स्वरुप शान्ति पुर्ण ढंगले अर्थ मन्त्री विष्णु पौडेललाई बुटवलको तिनाउ पुल नजिकै कालो झण्डा देखाएको विषयमा नेकपा रुपन्देहीले आपत्ती जनाएको विषयप्रति आफुहरुको गंभिर ध्यानाकषर्ण भएको छ नेविसंघ र तरुण दलले जनाएको छ । तरुण दलका जिल्ला सभापती सोम वहादुर गुरुङ र नेविसघका केन्द्रिय उपसभापती मुक्ति पौडेलले सम्युक्त विज्ञक्ती जारी गर्दै नेकपाले शान्ति पुर्ण विराध प्रर्दशन गर्न पाउने हक अधिकार माथी धावा वोल्दै वक्तव्यवाजी गरेको भन्दै दुंख व्यक्त गरेका छन् । विज्ञक्तीमा आफुहरु विकास विरोध नभएको भन्दै अर्थ मन्त्री पौडेलले गरेका उदुघाटन र शिलन्यासका योजनाहरु विगतमा नेपाली कांग्रेसकै नेतृत्वमा अघि बढेको पनि उल्लेख रहेको छ । विकास निमार्णका सवालमा आफुहरु र आफ्नो पार्टि सधै साथमा रहेको उल्लेख गर्दै राजधानीको विषयमा यस क्षेत्रको जनप्रतिनिधिको भुमिका आपत्तीजनक भएकोले त्यसको विरोध गरेको र आगामी दिनमा पनि विरोध कायमै रहने उल्लेख गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्