काठमाडौं
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल दुई छिमेकी देश चीन र भारतसँग मिलेर एकसाथ अघि बढ्न चाहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपाल चीन र भारत दुवै देशसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन्।
उनले दुवै देशसँग सुमधुर सम्बन्ध हुँदा मात्रै नेपालको विकासमा थप सहयोग पुग्ने बताए। भारत र चीन्बाट भइरहेका नेपाल भ्रमणका विषयमा संसदीय सुनुवाइ समितिमा केही सांसदहरुले भारतीय वा चिनियाँ कार्ड खेल्न खोजेको हो कि प्रश्न उठाएका थिए।
त्यसको जवाफमा पनि मन्त्री ज्ञवालीले नेपाल जस्तो देशले कार्ड खेलेर खेलिने मित्रराष्ट्र भारत र चीन नभएको बताए। उनले दुवै देशसँग राम्रो सम्बन्ध राखेर अघि बढेमात्रै आर्थिक विकासबाट लाभ लिन सकिने बताए।
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्