कोरोना उपचार खर्च विवरण सात दिन भित्र प्रधानमन्त्री कार्यालयमा पठाउन स्थानीय तहलाई निर्देशन

कोरोना उपचार खर्च विवरण सात दिन भित्र प्रधानमन्त्री कार्यालयमा पठाउन स्थानीय तहलाई निर्देशन

काठमाडौँ – सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरेको खर्च विवरण सात दिनभित्र प्रधानमन्त्री कार्यालयमा पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सर्कुलर गरी उक्त शीर्षकमा भएको पहिलो चौमासिक (कार्तिक मसान्त) सम्मको खर्च सात दिन भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पत्राचार गरेको हो ।

कोरोना नियन्त्रणका नाममा स्थानीय तहले अस्वाभाविक तवरले गरेका खर्च विवरणहरू सार्वजनिक भई रहँदा सरकारले विवरण पठाउन भनेको हो । मन्त्रालयले त्यस्तो विवरण ७ दिनभित्रमा पठाउन भनेको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij