बुटवल
नेपालमा बुधबार थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घन्टामा ८ हजार ३ सय पीसीआर परीक्षण गर्दा १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३६ हजार २ सय ४६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख १८ हजार १६१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।
हाल देशभर १६ हजार ५ सय ४७ सक्रिय संक्रमित रहेका छन् ।
देशभर हाल ६ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्