आन्दाेलन थालेकाे ४६ औँ दिनमा वीर अस्पतालका कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच सहमति

आन्दाेलन थालेकाे ४६ औँ दिनमा वीर अस्पतालका कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच सहमति

काठमाण्डौ
वीर अस्पतालका आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच सहमति भएको छ । आन्दोलन थालेको ४६ औँ दिनमा भएको वार्तामा आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका पदाधिकारीबीच पाँच बुँदे सहमति भएको हो ।
कोरोना भत्ता वितरणमा देखिएका केही त्रुटि सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधि रहने गरी समिति बनाइ समानुपातिक वितरणका आधारमा सुधार गरी वितरणको व्यवस्था गर्ने सहमति भएको छ ।
कोरोना बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गर्ने, कर्मचारीहरूले पाउने आर्थिक वर्ष २०७६र०७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने, सेवा विस्तार भत्ता आगामी ६ हप्ताभित्र दुई महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति भएको छ ।
सहमति भएसँगै आन्दोलनरत कर्मचारीहरूले शुक्रबारदेखि नै विरोधका सबै कार्यक्रम स्थगित गरेका छन् । आन्दोलनरत कर्मचारीले ६ हप्ताभित्रमा सहमति कार्यान्वयन नभएका फेरि आन्दोलन गर्ने बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij