बुटवल
बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयूबाटै एक महिलाको सुनको गहना चोरी भएको छ ।
बुटवल–७ शिवनगरकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको कानमा लगाएको दुई वटा रिङ र नाकमा लगाएको फुली चोरी भएको परिवारका सदस्यले बताएका छन् ।
मंसिर १४ गते अस्पतालको आईसीयू कक्षमा भर्ना भई १५ गते बिहान उपचारका क्रममा मृत्यु भएकी उनको एक तोला बराबरको सुनका गहना चोरी भएको परिवारका सदस्यले गुनासो गरे ।
संक्रमितको मृत्यु भएपछि अस्पतालका कर्मचारीले मोबाइल, थर्मस लगायत सामान दिएपनि गहना नपाएपछि परिवारका सदस्यले खोजी गरेका थिए ।
मृत्युको खबर पाएर आफुहरु जाँदा शवलाई मर्करीमा राखिसकेको गहनाको कुरा गरेपछि शव खोलेर हेर्दा फुली लगाएको नाकको भागमा रगत निस्केको देखिएको मृतकका छोरा प्रदीप अर्यालले जानकारी दिए ।
गहना हराएकोबारे अस्पतालका फोकल पर्सन, वडा प्रहरी र बुटवलका मेयरलाई पनि जानकारी गराउदा खोजी गर्छौं भनेको तर त्यसपछि सम्पर्क गभएको अर्यालले बताए।
चोरी भएको गहना पत्ता लगाएर दिने आशा गरेको तर एक हप्तासम्म नदिएपछि अरु बिरामीको गहना नहराओस् भन्ने उद्देश्यले घटना सार्वजनिक गर्नुपरेको मृतकका छिमेकी गुप्तबहादुर केसीले बताए ।
सो अस्पतालबाट यसअघि पनि बुटवलकै एक पुरुषको बेरुवा औंठी चोरी भएको गुनासो आएको केसीले जानकारी दिए ।
अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले गहना चोरी भएको गुनासो आएको स्वीकार्दै खोजी भइरहेको प्रतिक्रिया दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्