२९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान, २८ मा नेविसंघले सिठ्ठी फुक्ने

२९ गते सडकमा आउन कार्यकर्तालाई कांग्रेसको आह्वान, २८ मा नेविसंघले सिठ्ठी फुक्ने

sf7df8f}F, ( ;fpg -/f;;_ M laxLaf/ kf6L{ s]Gb|Lo sfof{no ;fg]kf nlntk'/df g]kfnL sfFu|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s af/] kqsf/;Fu s'/fsfgL ub}{ kf6L{ k|jQmf ljZjk|sfz zdf{ . t:jL/ M /f]zg ;fksf]6f

काठमाडाैं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरूद्ध सडकमा आउन कार्यकर्तालाई आह्वान गरेकाे छ ।

सरकारले कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचार लगायतका विराेधका लागि कांग्रेसले मंसिर २९ गते कार्यकर्तालाई सडकमा बाेलाएकाे हाे ।

कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको  बैठकले साे दिन ७७ वटै जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्ने तय गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडककाे विषय पनि साे प्रदर्शनमा उठ्नेछ ।

यस्तै नेविसंघले मंसिर २८ गते अपरान्ह ४ बजे ७७ वटै जिल्लामा सरकारविरूद्ध सिठ्ठी फुक्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले मंसिर २९ गते देशैभर कांग्रेसले गर्ने प्रदर्शनमा सहभागी हुन समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij