नवलपरासी ।
मापदण्डविपरीत सञ्चालनमा रहेका पूर्वी नवलपरासीका १७ वटा बालुवा प्रशोधन केन्द्र सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले विनयी त्रिवेणी गाउँपालिकामा दर्ताबिनै सञ्चालनमा रहेका प्रशोधन केन्द्रलाई बिहीबार सिल गरेको हो ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका तर साना तथा घरेलु उद्योग र गाउँपालिकाको कार्यालयमा दर्ता नगरेका क्रसर सिल गरिएको पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिइन् ।
जिल्लाका प्रायः क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र खोलाबाट एक सय मिटर नजिक सञ्चालनमा रहेको उनको भनाइ छ ।
खोला किनार र पुलबाट पाँच सय मिटरसम्म क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । मापदण्डविपरीतका क्रसर उद्योगलाई यहाँको घरेलु तथा साना उद्योग कार्यालयले मोटो रकम लिएर अनुमति दिएको आरोप लाग्ने गरेको छ ।
दुई साताअघि पनि हुप्सेकोट र कावासोतीमा सञ्चालनमा रहेका दुई वटा बालुवा प्रशोधन केन्द्र सिल गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्