JanataToday.com

Advertisment

SKIP THIS

तेस्रो रानीगञ्ज कप :आयोजक रानीगञ्ज सेमिफाइनलमा

तेस्रो रानीगञ्ज कप :आयोजक रानीगञ्ज सेमिफाइनलमा

मंगलबार पहिलो सेमिफाइनलमा सौभाग्य र फर्साटिकरबीच खेल हुने

बुटवल – प्रतियोगिताको दावेदार मध्ये एक मानिएको आयोजक रानीगञ्ज युवा क्लब (ए) जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनलमा प्रभावशाली जित निकाल्दै आयोजक रानीगञ्जले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । खेलमा न्यु ईरा एफसीलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै रानीगञ्ज सेमिफाइनलमा पुग्यो ।

बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलको पहिलो हाफतर्फ २९औं मिनटमा निशान सुनारको सुन्दर गोलबाट आयोजकले खेलमा अग्रता बनाएको थियो । त्यस्तै दोस्रो हाफ शुरु भएको छैटौं मिनटमा गौरव बुढाथोकीले त्यो अग्रता दोब्बर पारे ।

विपक्षी विरुद्ध शुरुवातबाटै हावी देखिएको रानीगञ्जका लागि ५१औं मिनटमा सबी गुरुङले गोल गर्दै आयोजक टोलीको अग्रता तेब्बर पारे भने त्यसको दुई मिनट लगतै शरद क्षेत्रीले चौथो गोल गर्दै घरेलु टोलीको प्रभावशाली जित सुनिश्चित गरे ।

सोमबारको खेलको म्यान अफ द म्याच आयोजक रानीगञ्ज कै एलिस मगर घोषित भए । उनलाई क्लबका संस्थापक सदस्य तथा राष्ट्रिय फुटबल खेलाडी आशिष गुरुङले पुरस्कृत गरे ।

सोमबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सोमबार जित हात पारेको आयोजक रानीगञ्जले अब सेमिफाइनलमा पौष १ गते बुटवल मिडटाउनसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल सौभाग्य युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक आशिष मगरले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने  छन  त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको ठकुरीले बताए ।

रुपन्देहीका कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो पौष ४ गतेका दिन हुने खेल संयोजक मगरले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, मंसिर २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij