बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

बैठक बस्नै नसक्ने अवस्थामा संवैधानिक परिषद्

‘सभामुख नजाने भएपछि प्रधानमन्त्री ओलीले आजका लागि बोलाएको बैठक अन्योलमा’

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक अन्योलमा परेको छ । सभामुख अग्निप्रसाद सापकोटाले उपस्थिति जनाउन नसक्ने बताएपछि बैठक अन्योलमा परेको हो ।

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सापकोटाले सहभागी नहुने भएका हुन् । ‘बैठकअघि हुनुपर्ने समन्वय भएन, पूर्वतयारी र गृहकार्य पनि भएन,’ सभामुखको सचिवालय स्रोतले भन्यो- ‘त्यसैले उहाँ बैठकमा नजाने हुनुभएको हो ।’

संवैधानिक आयोगमा प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले एकलौटी रूपमा आफूनिकटका व्यक्तिहरूलाई नियुक्तिका लागि सिफारिसको तयारी गरेकाले सभामुख साक्षी बस्न नजाने उनीनिकट स्रोतको भनाई छ । यसअघि आइतबारका लागि बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवाले सहभागी नहुने जनाएपछि स्थगित भएको थियो ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन । दलहरुबीच भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij