JanataToday.com

Advertisment

SKIP THIS

बजेट कार्यान्वयनमा सरकारले नेतृत्वदायी भुमिका खेल्न नसक्दा सेवाग्राहिहरु सेवा लिनबाट बञ्चित

बजेट कार्यान्वयनमा सरकारले नेतृत्वदायी भुमिका खेल्न नसक्दा सेवाग्राहिहरु सेवा लिनबाट बञ्चित

बुटवल -बजेट कार्यान्वयनमा सरकारले नेतृत्वदायी भुमिका खेल्न नसक्दा सेवाग्राहिले लाभ लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । आईएम स्विडिस डेभ्लोप्मेन्ट पाट्नरको सहयोगमा जागरण मिडिया सेन्टरले आज बुटवलमा आयोजना गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेटका प्राथमिकता,कार्यान्वयनको अबस्था र बजेटमा नागरिकका आर्थिक,सामाजिक सम्बोधन विषयक कचहरी कार्यक्रममा सहभागिहरुले बजेट कार्यान्वयनमा सरकारले नेतृत्वदायी भुमिका खेल्न नसक्दा सेवाग्राहिले लाभ लिन नसकेको बताएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद रमा अर्यालले कोभिडको महामारीमा सरकारले पुर्ण बजेट ल्याउनुनै गलत रहेको बताउनु भयो । उहांले सरकारले ल्याएको बजेट सिद्धान्तमा राम्रो भए पनि व्यबहारमा कायान्वयन तह फितलो हुदां सेवाग्राहिले लाभ लिन नसकेको बताउनु भयो । राज्यले दिने सेवा सुबिधामा सहज र सरलता ल्याउन प्रदेश सरकारले स्थानिय तह र संघिय सरकारसंग समन्वय गर्नु पर्ने कुरामा जोड दिदै त्यसका लागि आफुले निरन्तर पहल गरेको समेत दावी गर्नु भयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले सरकारले ल्याएको योजना र बजेट जनमुखी भएको बताउनु भयो ।काम गर्ने सवालमा केहि कमजोरी भए पनि त्यसलाई सच्चायाउदै सबै क्षेत्रसंग हातेमालो गर्दै जनभावना अनुरुप काम गर्नका लागि मन्त्रलालयले थप पहल गरेकाले बजेट कार्यान्वयनमा सहजता हुने उल्लेख गर्नु भयो ।
लुम्बिनी प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बजेट कार्यान्वयनमा सरकार र सरोकारवाला निकाय दुबैको भुमिका महत्वपुर्ण रहेको भन्दै त्यसका लागि निजि क्षेत्र तथा बिभिन्न संघ संस्थाले आबश्यकताको पहिचान गरि सरकारलाई सुझाव दिनु पर्ने बताउनु भयो ।कोभिडको जोखिममा समेत प्रदेश सरकारले बिकास निमार्ण देखि विभिन्न काम गरिरहेकाले
त्यस्तै रुपन्देहि उद्योग संघका अध्यक्ष बावुराम बोहोराले सरकारले उद्योग क्षेत्रमा नितिगत र व्यबहारिक सहजता ल्याएमा मात्र उद्योगीहरुलाई उद्योग सञ्चालनमा सहज हुने बताउनु भयो । ”
त्यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लाहनीले सरकारले बजेट तर्जुमा गर्दा नीजी क्षेत्र संग समन्वय नगर्दा कार्यान्वयन क्षेत्र फितलो भएको बताउनु भयो । निमार्ण व्यबसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मञ्जु भुषालले निमार्ण मजदुरहरुको अबस्थाबारे सरकार मौन रहेको दावी गर्नु भयो ।“निति नियम कानुन र व्यबस्थाहरु नयां बनेता पनि कार्यान्वयन तह फितलो हुदां व्यबहारमा उद्यमी महिलाहरुले सहज महशुस गर्न नसकेको उहांको भनाई छ ।”
छलफलमा बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक उपाध्यक्ष हरि अर्याल, सहयात्री बचत तथा ऋण सहकारीका अध्यक्ष हरि बोमरेल ,विजनेश खबर पत्रिकाका सम्पादक दामोदर खनाल ,सैनामैना दलित उत्थान समिती सदस्य सिता गौतम लगायतले बोल्दै सरकारले लक्षितवर्गको क्षेत्रमा दिदै आएको बजेट कटौति गरेकोमा सरकार जिम्बेबारीबाट पछि हटेको गुनासो गर्नु भयो ।पहुंचको आधारमा बजेट बिनियोजन हुदा. उद्योग क्षेत्र चौपट हुने अबस्था भएकाले त्यसको संरक्षणमा बेलैमा सरकारले नयां र प्रभाकारी नीति कार्यान्वन गर्दै उत्पादनका आधारमा अनुदान,ऋण तथा सौहुलियत छुट दिनु पर्ने कुरामा जोड दिनुभयो ।

 

प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij