लायन्स बुटवल स्टार्स द्धारा भिम अस्पताललाई सेल काउन्ट मेशिन सहयोग

लायन्स बुटवल स्टार्स द्धारा भिम अस्पताललाई सेल काउन्ट मेशिन सहयोग

बुटवल-लायन्स क्लब अफ बुटवल स्टार्सले भैरहवा स्थित सरकारी अस्पताल भिमलाई ब्लड सेल काउन्ट(हेमाटोलोजी एनालाईजर) मेशिन हस्तान्तरण गरेको छ ।
रगत परिक्षणका बिभिन्न बिधि भए पनि यो मेशिनको प्रयोग गरी रगतको सिभिसी, प्लेटलेट, आरबिसी काउन्ट, पिसिभी लगायतका परिक्षण गर्न मिल्ने र यो उपकरण भैरहवाको भिम अस्पतालमा नभएको थाहा भए पछि हस्तान्तरण गरिएको क्लवका अध्यक्ष शुशिल पाण्डेले बताए ।
यो उपकरणको मुल्य ६ लाख ५० हजार रहेको छ । भिम अस्पतालमा यस किसीमको उपकरण नहुदा बिरामी रगतको बिभिन्न थरिको परिक्षण गर्न समस्या भैरहेकोमा यो उपकरण प्राप्ति पछि धेरै सजिलो हुने अस्पतालका मेसु डा. शकुन्तला गुप्ताले बताईन्।
क्लबले उक्त मेशिन बुधवार अस्पताललाई हस्तान्तरण गरेको हो । मुख्य अतिथी लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ का पिडिजी महेन्द्र नारायण श्रेष्ठले अस्पतालका मेसु गुप्तालाई हस्तान्तरण गर्दै जहा अप्ठेरो त्यहा लायन्स क्लबको सक्दो सहयोग सदैब उपलब्ध रहदै आएको बताए ।
कार्यक्रममा डिस्ट्रिक ३२५ बि २ का स्ट्राटेजिक चिफ नवराज न्यौपानेले लायन्स क्लब अफ बुटवल स्टार्सले स्थापनाको छोटो समयमै राम्रो काम गरेको बताउदै भिम अस्पताललाई प्रदान गरीएको उपकरणले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई थप सजिलो हुने बताए ।
क्लबका अध्यक्ष शुशिल पाण्डेको सभापतित्व, सचिब भुपेन्द्र अर्यालको संचालन तथा कार्यक्रम संयोजक राम बहादुर शाहीले कार्यक्रमको उद्धेश्य बारे प्रकाश र स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि २ का इभ्यालुशन हेड बिनोद खरेल, एरिया ४ का प्रमुख सन्दिप कशौधन, रिजन चेयर पर्शन आशिष कृष्ण श्रेष्ठ, जोन चेयर पर्शन एमएल पाण्डे लगायतले क्लबले बर्तमान कोभिड १९ को महामारीका बाबजुद सामाजिक कामलाई निरन्तरता दिनु अहिले ठुलो उपलब्धी रहेको बताएका थिए ।

प्रकाशित मिति : बुधबार, पुष १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij