नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद् विघटनका लागि गरेको सिफारिस फिर्ता नलिए ओलीलाई पार्टीले कारवाही गर्ने बताएका छन् ।
पार्टीभित्र आन्तरिक कलह चलिरहेको बेला ओलीले संसद् विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष प्रचण्डले सिफारिसका बारे आइतबार नै बस्ने स्थायी कमिटीको बैठकमा छलफल हुने बताए ।
बीबीसीसँगको कुराकानीमा उनले भनेका छन् ‘यो निर्णयको विरुद्ध सबै एकजुट हुनुको विकल्प छैन। सरकारले यो सिफारिस अविलम्ब फिर्ता नलिए (प्रधानमन्त्री)विरुद्ध पार्टी जुनसुकै हदमा जानसक्छ ।’
प्रचण्डले प्रधानमन्त्रीको निर्णय सिधै संविधानको मर्म र भावना विपरीत भएको बताए ।
प्रकाशित मिति : आइतबार, पुष ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्