बुटवल
हामी सेवा गर्छौ भन्ने मुलनाराका साथ अगाडि बढेको ,सामाजिक कार्यमा अग्रसर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ बुटवल बेलबास सिर्जनशीलले १ दिने निशुल्क मधुमेह परिक्षण सम्पन्न गरेका छ । निशुल्क मधुमेह परिक्षण कार्यक्रममा क्लबका पदाधिकारी सदस्य र अन्य व्यक्ति गरी २०० जनाले निशुल्क मधुमेह परिक्षण गरेका थिए।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का रिजन चेयर पर्सन शोभाखर पोखरेल प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष विमला गैरेको अध्यक्षतामा भएको निशुल्क मधुमेह परिक्षण कार्यक्रममा सम्पन्न भएको थियो । क्लबकी अध्यक्ष विमला गैरे आफ्नो स्वास्थ्य प्रति सजग हुन नसकिरहेको अवस्थामा क्लवले चेतनामुलक कार्यक्रम सञ्चानल गरेर राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

वडा नं१३ का वडा सदस्य बेदप्रसाद गैरे,सस्थाका एडभाइजर उमलाल बन्जाडे लायन दिपक पन्थि वरिष्ठ पत्रकार डिआर घिमिरे लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशीलका सस्थापक अध्यक्ष मन्दिरा गौडेल निर्वतमान अध्यक्ष मन्जु भटटराइ लगायतले बोल्दै क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशीलका सदस्य माया पन्थको संयोजक मा भएको कार्यक्रममा स्वागत मन्तव्य लायन लक्ष्मी घिमिरे ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लायन लायन सरस्वती खनालको संचालनमा गर्नुभएको भएको थियो क्लबले यस वर्ष बृक्षारोपण र बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितका लागि च्यवनप्राश वितरण तथा सक्तदान कार्यक्रम गरिसकेको क्लबकी अध्यक्ष विमला गैरे जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्