कञ्चन-रुपन्देहीको कञ्चनको एक सुन चाँदी पसलमा चोरी भएको छ। इलाका प्रहरी कार्यलय,रुद्रपुरको अनुसार कञ्चन गाउपालिका वडा नं.५ पिपरीचापामा रहेको अर्जुन सुनारको सुनचाँदी पसलमा गए राती करिब ६७ हजार ५ सय रुपैया बराबरको अन्दाजी ५०५५ तोला चांदी चोरी भएको चोरी भएको हो ।
प्रस्ताबित न्यु पाल्पाली सुन चाँदी पसलका प्रोप्राइटर अर्जुन सुनारले पसलको सटरमा लगाएको ताला फोडेर शोककेस भित्र राखिएका सबै चाँदीका गरगहना र चाँदी गरी ५०५५ तोला चोरी भएको र पसल भित्र रहेको लकर तोड्न नसकेको हुदाँ लक भित्र रहेका करिब ५६ तोला सुन र ६ लाख रुपैया चोरी नभएको जानकारी दिएका छन। पसल र आाफु बस्ने घर देखि वारीपारी रहेको र बिहान पख पसल खोल्न जाँदा आफ्नो पसलको सटरमा लगाएको ताला फोडिएको र पसलमा रहेको सबै चाँदीका गरगहना र चाँदी सबै चोरी भएको थाहा पाएपछि आफुले प्रहरीलाई जानकारी दिएको पिडित बि।क।ले जानकारी दिए।
यता इलाकका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले घटनास्थल र सो स्थान वरीपवरी हुने शंकास्पद कृयाकलापहरुको प्रारम्भिक अनुसन्धान शुरु भइसकेको जानकारी दिनु भएको छ।
प्रकाशित मिति : बुधबार, पुष ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्