JanataToday.com

Advertisment

SKIP THIS

मार्वल, टायल तथा रंगरोगन व्यवसायीहरुको भेला सम्पन्न

मार्वल, टायल तथा रंगरोगन व्यवसायीहरुको भेला सम्पन्न

बुटवल÷रुपन्देही व्यापार संघमा आवद्ध मार्वल, टायल तथा रंगरोगन व्यवसायीहरुको भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले संघको बस्तुगत उपसमिति पुनरगठन गरि नया टायल, मार्वल, तथा रंगरोगन बस्तुगत उपसमिति गठन गरेको छ ।
नव गठित उपसमितिको संयोजकमा कमल भुसाल तथा सहसंयोजकमा भरतमणी न्यौपाने रहनु भएको छ भने सचिवमा राजन न्यौपाने र कोषाध्यक्षमा चिरञ्जीवी खनाल रहनु भएको छ । समितिको सदस्यहरुमा मेघराज ढकाल, प्रकाश चुदारा, भिल्लु न्यौपाने, नारायण ज्ञवाली र मोहन भण्डारी रहनु भएको छ ।
संघको सचिवालयमा भएको भेलामा बोल्दै कार्यक्रमका प्रमुखअतिथि संघका अध्यक्ष यमलाल लोहनीले व्यवसायी एकता र समृद्धिका लागि व्यवसायीक सक्रियता आजको आवश्यक्ता भएको कुरामा जोड दिदै अप्ठ्यारो स्थितिमा विचलित नभएर समस्यासंग जुध्न आग्रह गर्नु भयो ।
उहाले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रर्वद्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यसमिति सदस्य प्रकाश पौडेलको अध्यक्षता तथा कमल भुसालको सञ्चालनमा भएको कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारी, सहसचिव फर्सुराम पन्त, हेमबहादुर थापा, कार्यालय प्रमुख सरोज पोखरेल लगायत बोल्नु भएको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले कोभिडका कारण व्यवसायमा परेको प्रभाव परेकोतर्फ राज्यले व्यवसाय सुधारका लागि राहात प्रदान गर्न नसकेको गुनासो गर्दै व्यवसायी व्यवसायीवीचको अस्वस्थ प्रतिष्पर्धालाई अन्त गर्न सुझाव दिएका थिए ।

 

प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij