बुटवल
शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिबार बुटवलमा सम्पन्न भएको छ । बुटवलको वडा नं८ मा रहेको सहकारी संस्थाको वार्षिक साधारण सभामा अध्यक्ष प्रेमप्रकाश शर्माले शेयर सदस्यको निधन भएमा परिवारलाई १० हजार उपलब्ध गराउने व्यबस्था, दुई लाख रुपैंया बराबरको दुर्घटना बिमा, महिला सदस्य सुत्केही हुँदा उपलब्ध गराउने २ हजार रुपैंया प्रसुति स्याहार खर्चलाई यथावत सञ्चालन गर्न प्रस्ताव गर्नु भएको थियो ।उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि कार्यसमितिको तर्फबाट अध्यक्ष शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ ।

त्यस्तै कोरोना भाईरस कोभिड–१९का कारण तालिम, भ्रमण तथा तिर्थ, शेयर सदस्य मध्ये जेष्ठ नागरिकलाई सम्मान गर्ने लगायतका कार्यक्रम यो वर्ष सञ्चालन गर्न नसकिएको जानकारी गराउँदै आगामी वर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । शेयर सदस्यको सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिईएको सचिव बसन्तकुमार जोशीले जानकारी गराउनु भयो ।
कोभिड १९ महामारीका कारण यो वर्ष यहि पुस १ देखि लिखित रुपमा सुझाव तथा प्रतिकृयाहरु माग गरिएको थियो । साधारण सभाको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी शाखाका प्रमुख गुणाखर खनालले सहकारीलाई नियमन गर्ने तीन तहमा व्यबस्था भएपनि संघ र प्रदेशमा संयन्त्र नै नबनेका कारण समस्या देखिएको बताउनु भयो । उहाँले सहकारीले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि अव सहकारी ऐनमा व्यबस्था भए अनुसार ३० प्रतिशत मुख्य काम सहित उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो
।
संस्थाका संस्थापक तथा सल्लाहकार बाबुकाजी शाक्यले बिकास बैंक उन्मुख लक्ष्य सहित राष्ट्रिय बाणिज्य बैंकका पूर्व कर्मचारीहरु मिलेर ३० जनाबाट सुरु गरिएको सहकारी अहिले यो स्थानमा आएपनि लक्ष्यमा पुग्न नसकिएको उल्लेख गर्नुभयो । हाल उक्त सहकारीमा शेयर सदस्यको ३६० पुगेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार अमृतलाल श्रेष्ठ, लेखा समिति संयोजक बालकृष्ण खरेल लगायतले भनाई राख्नुभएको थियो । त्यसै अवसरमा सहकारीको बिकासमा विशेष योगदान गरेका शेयर सदस्य आशिष खनाल, कर्मचारी बरिष्ठ सहायक सुमित्रा ज्ञवाली, शिक्षा उपसमिति सदस्य मञ्जु श्रेष्ठ, उपाध्यक्ष लालकाजी राजभण्डारीलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गत एसईई परिक्षामा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्