बुटवल —कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचारत सुद्धोधन गाँउपालिका १ का ७० बर्षे पुरुषको आज (बुधबार) बिहान मृत्यु भएको हो ।
अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार ती पुरुषलाइ पुष १४ गते मंगलबार कोरोना अस्पताल ल्याइएको थियो । उच्च रक्तचापको समस्या रहेका ती पुरुषलाइ मंसिर २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समय स्वास्थ्यमा सुधार नभएपछि उनलाइ हिजो कोरोना अस्पताल लगीएको परिवारले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्