JanataToday.com

Advertisment

SKIP THIS

कञ्चन गाउपालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी रिभरसाइड युवा क्लवलाई

कञ्चन गाउपालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी रिभरसाइड युवा क्लवलाई

कञ्चन
तमु ल्होसारको अवसरमा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन(४,रुपन्देहीको युवा समितिद्वारा संचालित कञ्चन गाउपालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी रिभरसाइड युवा क्लव,कञ्चन(४,अस्नैया रुपन्देहीले हात पारेको छ। उपाधी हात पारेसंगै रिभरसाइड युवा क्लवले नगद २० हजार रुपैया र मेडल तथा प्रमाण पत्र पाएको छ। बुधवार सम्पन्न प्रतियोगितामा रिभरसाइड युवा क्लवले आयोजक सुनगाभा बिकास केन्द्र ए लाई ३(१ को सेटमा पराजित गरि सो उपाधी हात पारेको हो भने आयोजक सुनगाभा बिकास केन्द्र ए उप विजेता भई नगद १५ हजार रुपैया,मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा सूर्यमुखी युवा क्लव कञ्चन(१,रुपन्देही तेश्रो भई नगद ८ हजार,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने नव प्रतिभा युवा क्लव,कञ्चन(२ले सान्त्वना भई नगद ५ हजार रुपैया प्राप्त गरेको छ।
कञ्चन गाउपालिकाका १४ भलिवल क्लवहरुले सहभागिता जनाएको प्रतियोतिाको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गाकर्ण बहादुर क्षेत्रीले खेलकुदले युवाहरुमा एकता र आपसी समन्वयात्मक भावनाको बिकास हुने भन्दै कञ्चनका हरेक वडाहरुमा बिभिन्न खेलकुद मैदानहरु निर्माणका लागि गाउापलिकाले आवस्यक बजेट ब्यबस्थापन गर्दै आइरहेको बताउनु भएको छ। कञ्चनमा ब्यबस्थित खेलग्रामको बिकास गर्ने गरी रंगशालाको समेत निर्माण कार्य भैरहेको बताउदै अध्यक्ष क्षेत्रीले कञ्चनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको समेत उत्पादन हुनु गौरवको बिषय भएको उल्लेख गर्नु भएको छ।
युवा समितिका संयोजक सुरेश क्षेत्रीको अध्यक्षता तथा दुर्गा प्रसाद ढकालको संचालनमा सम्पन्न प्रतियोगितामा केन्द्रका उपाध्यक्ष केशर बहादुर खत्रीले स्वागत गर्नु भएको थियो । प्रतियोगिताभर राष्ट्रिय भलिवल निर्णायक राम बहादुर थापा,राज कुमार थापा र यम बहादुर थापाले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij