काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको छ ।
आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ६ हजार ४८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ८ सय ६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, पुष १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्