बुटवल-क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे रुपन्देहीले संघर्षशिल पत्रकार महिला सम्मानबाट रुपन्देहीको दुईजना अग्रज पत्रकार महिलालाई सम्मान गरेको छ । सोमबार बुटवलमा आयोजित कार्यक्रममा अग्रज पत्रकार मायां गौतम र दुर्गा पौडेललाई नगद १० हजार सहित सम्मानपत्रले सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख कृष्णी थारु र बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकारद्धयलाई सम्मान गर्नुभएको हो । २०६९ सालमा रुपन्देहीमा स्थापना गरिएको डब्लुडब्लुजे ले हरेक दुईदुई वर्षमा एकजना अग्रज महिला पत्रकारलाई सम्मान गर्दै आएको छ ।
संस्था स्थापना लगत्तै वृत्तचित्र प्रदर्शन गरि संकलन गरिएको रकमबाट स्थापना गरिएको अक्षयकोषबाट यसअघि अग्रज पत्रकार कमला कुवंर र ईन्दिरा अर्याललाई सम्मान गरिसकिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा बोल्दै उपसभामुख कृष्णी थारुले आवद्ध संघसंस्थाहरुको नेतृत्वको लागि सक्रिय भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । कुनैपनि संघसंस्थाहरुमा महिलाहरुलाई सहज नेतृत्व प्राप्ती हुन नसक्ने उल्लेख गर्दै उहांले नेतृत्व प्राप्तीको लागि आफ्नो सक्रियता महत्वपूर्ण रहने बताउनुभयो ।
उपसभामुख थारुले महिला आवद्ध संघसंस्थाहरुले महिला नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहांले पत्रकार महिलाहरुको नेतृत्व तथा क्षमता विकास र पेशागत सुरक्षाको लागि डब्लुडब्लुजे ले अगाडी सार्ने योजनाहरुमा आफ्नो सहयोग रहने बताउनुभयो ।
उपसभामुख थारुले रुपन्देहीका पत्रकार सम्बद्ध संघसंस्थाहरुको क्रियाशिलताले यहांको पत्रकारितालाई अरु जिल्लाहरुको भन्दा अब्बल र विश्वसनिय बनाउन भूमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले पत्रकार महिलाहरुको दक्षतावृद्धिका कार्यक्रममा उपमहानगरपालिकाको तर्फबाट सहकार्य र सहयोग हुने बताउनुभयो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोभिडको माहामारीमा अग्रभागमा खटिने सुरक्षाकमी र स्वास्थ्यकर्मीलाई सरह मिडियाकमीलाई पनि अतिरीक्त सेवासुविधा उपलब्ध गराउन माग गर्नु भयो ।
त्यस्तै मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले पत्रकारितामा सुद्धिकरण जरुरी रहेको भन्दै त्यसको शुरुवात पत्रकार महासंघवाट गर्न आग्रह गर्नु भयो ।
कार्यक्रम क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित महिला पत्रकार गौतम र पौडेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष , दिनेश पाण्डे, प्रेस स्वतन्त्ररता सेनानी अर्जुन ज्ञवाली, संचारिका समुह लुम्बिनीका अध्यक्ष निरु गौतम,प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, संस्थापक अध्यक्ष भगवती पाण्डे लगायतले कोभिडको नाममा महिला पत्रकार पीडित भएको गुनासो गरेका थिए ।कार्यक्रम संस्थाका सचिव विन्दु भटृराईको संचालन एबम संस्थाका उपाध्यक्ष किसमती चौधरीको धन्यवादमा सम्पन्न भयो।
प्रकाशित मिति : सोमबार, पुष २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्