बुटवल – बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले चौराह–चिडियाखोला सडक सीमाभित्र पर्ने मापदण्ड बिपरितका घरमा डोजर चलाएर भत्काउन सुरु गरेको छ ।
आयोजनाले गएको शुक्रबार २४ घण्टे सुचना जारी गर्दै घरधनीहरुलाई आफैं घर भत्काउन निर्देशन जारी गरेको थियाे।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।आज विहानै आयोजनाले ट्रफिक चोकमा रहेका १२ वटा घरमा डोजर चलाएको हो । सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै घर भत्काइसकेका छन ।
सर्बोच्च अदालतका न्यायधिसद्वय सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले यसअघिको सर्बोच्चको अल्पकालिन आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेसँगै आयोजनालाई बाटो सडक विस्तार गर्ने बाटो खुलेको थियो ।
आयोजना प्रमुख जयलाल मरासिनीले सूचना जारी गर्दापनि केही घरधनीहरुले भत्काउन नमानेपछि आयोजनाले नै डोजर चलाएको बताए । आइतबार एकाविहानै आयोजनाले आफ्ना घरहरुमाथि डोजर चलाएपछि घरधनीहरु निकै आक्रोसित देखिन्थे ।
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्