रूपन्देही ।
रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरी, (छपिया÷बैदौली) बाट गत पौष २० गतेदेखि हराउनुभएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले आफ्नी आमाको खोजी गरिदिन सबैसँग अनुरोध गरेको छ । धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर अन्यत्र जहाँ पुग्नुभएको भएपनि आफूहरूलाई खबर गरिदिन उहाँको परिवारले आग्रह गरेको हो ।
मीठो बोली भएकी, छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उहाँको गत सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेको छ । साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीले उल्लेख गर्नुभयो ।
२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाउनुभएकी उहाँलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९ ९९२ मा खबर गरी सघाउ पु¥याइदिन सुवेदीले अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्