यसरी मिनेटभरमै सकियो प्रदेश १ को बैठक

यसरी मिनेटभरमै सकियो प्रदेश १ को बैठक

विराटनगर – प्रदेश नं. १ को सातौं अधिवेशनको बुधबारको पहिलो बैठक मिनेटभरमै सकिएको छ ।

प्रदेश प्रमुखले हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइएपछि तत्कालै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको जानकारी गराएका थिए । भिडिओमा पत्रको वाचन सकिएलगत्तै सभामुख भण्डारीले भनेका छन्, ‘माननीय सदस्यहरु अब यो बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित हुन्छ ।’

त्यहाँ दुवै पक्षको नेकपाले एकअर्कालाई निषेध लगाउने रणनीति बनाएपछि कार्य व्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।

प्रदेशमा गत १२ पुषमा मुख्यमन्त्री शेरधन राईविरुद्ध ४५ जना सांसदहरुले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : बुधबार, माघ ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij