सङ्घीय संरचनामा थप तेइस हजार कर्मचारी आवश्यक

सङ्घीय संरचनामा थप तेइस हजार कर्मचारी आवश्यक

काठमाडौँ । सङ्घीय संरचनामा थप २३ हजार कर्मचारी आवश्यक पर्ने भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रदेश अन्तर परिषद् बैठकमा भएको छलफलका क्रममा आवश्यक कर्मचारी लोक सेवा आयोगबाट माग गर्दै जाने विषयमा छलफल भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मी काठमाडौँ निर्वाचन क्षेत्र नं १ ले काठमाडौ आयोजना गरेको नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तकको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले गुल्मी जिल्लालाई दुईवटा राजमार्गले जोड्न लागिएको जानकारी दिए ।

“मदन भण्डारी राजमार्ग र कालीगण्डकी कोरिडोरले गुल्मीलाई जोडिन्छ, रेसुङ्गा विमानस्थलमा यसै वर्षदेखि स्थायी रुपमा उडानको व्यवस्था हुन्छ,” उनले भने ।

जिल्लाका रुरु, रेसुङ्गा र सत्यवतीलाई पर्यटकीयस्थलका रुपमा सरकारले घोषणा गरेकाले धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय कमलराज श्रेष्ठ र दिनेशकुमार पन्थीले रुरु रिडी क्षेत्रको गुरुयोजना निर्माण गर्न प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको जानकारी दिए।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij