काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ । यस्तै गएको २४ घण्टामा तीन सय ८६ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई लाख ६३ हजार सात सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ८ जना कोरोना संक्रमितको ज्यान गएसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९ सय ९४ पुगेको छ ।
अहिले नेपालमा तीन हजार चार सय ५२ जना सक्रिय संक्रमित छन् । अहिले देशभर एक सय ४७ जना सङ्क्रमित आइसीयू र २६ जना भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, माघ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्