प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन सुरु, आज सिठी जुलुस

प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन सुरु, आज सिठी जुलुस

काठमाडौं – संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकालेको छ । सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार सिठी जुलुस निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ । राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, माघ १६ को शहीद दिवसमा श्रद्धाञ्जली सभा पनि राखिएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij