माइतीघरमा धर्ना बस्दै प्रचण्ड-नेपाल

माइतीघरमा धर्ना बस्दै प्रचण्ड-नेपाल

काठमाडौँ – नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरमा धर्ना बस्ने भएका छन्‌ । प्रतिनिधिसभा विघटनविरूद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको सो समूहले माइतीघरमा धर्नामा जारी राखेको छ ।

कार्यकर्ताको ध्यान केन्द्रित गर्न देश दौडाहामा रहेका दुई अध्यक्ष प्रचण्ड र नेपाल पनि आजको धर्नामा सहभागि हुने भएका हुन् । सो समूहका नेता विष्णु रिजालका अनुसार प्रचण्ड र माधव नेपाल मध्याह्न १२ बजेदेखि धर्नामा बस्नेछन्‌ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटन गर्दै आगामी वैशाखमा मध्यावधि चुनाव घोषणा गरेका थिए । सो कदम असंवैधानिक भएको भन्दै सत्तारूढ नेकपा दुई समूहमा विभाजित भइसकेको छ ।

प्रकाशित मिति : आइतबार, माघ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij