काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केन्द्रीय समिति बैठक डाकेको छ । समूहले सोमबार बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की बैङ्क्वेटमा बैठक डाकेको हो ।
समूहका नेता लीलामणि पोखरेलका अनुसार सो विषयमा नेताहरुसँग यसअघि नै कुराकानी भएको थियो । ‘केही दिनअगाडि हाम्रो बीचमा सो विषयमा कुराकानी भएको थियो’, नेता पोखरेलले भनेका छन्, ‘बोलाउनुपर्छ भनेर केही दिनअगाडि नै सल्लाह भएको हो । सोहीअनुसार काम अगाडि बढाइएको हो ।’
बैठक खासगरी संसद् विघटनविरुद्धको विरोधको समीक्षा र आगामी रणनीतिमा केन्द्रित रहनेछ ।
यो समूहले आफूसँग नेकपाको बहुमत भएको दाबी गर्दै आएको छ । ४ सय ४१ सदस्यीय नेकपामा करिब २ सय ९७ सदस्य आफैँसँग भएको बताउँदै यो समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको जोडदार माग गरिरहेको छ ।
यो समूहले यसअघि नै बुटवल, विराटनगर, धनगढीलगायतका शहरहरुमा जनप्रदर्शन गरिरहेको छ ।
गत १५ गते निर्वाचन आयोगले दुवै समूह (दाहाल–नेपाल र केपी शर्मा ओली) लाई छलफलको लागि बोलाएको थियो । त्यसमा दाहाल–नेपाल समूहले १८ गतेसम्मको लागि समय माग गरेकोमा ओली समूहले भने निर्वाचनसम्बन्धी थप काम अघि बढाउन माग गरेको थियो ।
दाहाल–नेपाल समूहले निर्वाचन जानुभन्दा अघि नै केन्द्रीय समिति बैठक डाकेको हो ।
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्