रुपन्देही ।
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–४ स्थित हुलाकी सडक खण्डमा बुधबार दिउँसो भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको लु २ ख २७०२ नम्बरको टिपरले बिपरित दिशाबाट आउँदै गरेको लु ३९ प ५३१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका अनुसार स्थानीय २० वर्षीय रवि कुमार तिवारीको ठक्करपछि उपचारको क्रममा मेडिकल कलेज भैरहवमा मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्