कैलालीमा ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु,२ घाइते

कैलालीमा ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु,२ घाइते

डडेल्धुरा – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीन महिलाको ज्यान गएको छ। शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घर पोत्नका लागि माटो लिन गएका २० वर्षीय भावना वड, १७ वर्षीय धनसरी विक र ३१ वर्षीय गंगा जयगडीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएको उनले बताए। घाइते दुवैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : शनिबार, माघ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij