बुटवल
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुलाई नेपाल उद्योग बाणिज्य महासंघले स्थानीय आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा मनोनित गरेको छ । महासंघका कार्यकारिणी समितीका सदस्य सुरकृष्ण बैद्यको सभापतित्वमा गठित बिशेष आर्थिक बिकास समितिको बिशेष आमन्त्रितमा महासंघका अध्यक्ष शेखर गोल्छाले बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कसजुलाई मनोनित गर्नुभएको हो ।
महासंघलाई ससक्त रुपमा अंगाडी बढाउने कार्यमा समितिले बिशेष योगदान पु¥याउने र समितिलाई कृयाशिल बनाउने काममा कसजुको पूर्ण सहयोग रहने समेत अध्यक्ष गोल्छाले आशा र विश्वास व्यक्त गर्नुभएको छ
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्