तिलोत्तमामा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

तिलोत्तमामा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

बुटवल ।

रुपन्देहीको तिलोत्तमामा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा – ११ स्थित कुमारी चोकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।
बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij