सुरु भयो प्रि-मनसुन, यस्तो छ आजको मौसम

सुरु भयो प्रि-मनसुन, यस्तो छ आजको मौसम

काठमाडौं – आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। आज समान्यतया मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले समान्यतया सफा रहने भएको हो।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो।​

गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij