देशमा आएको परिवर्तन संगै आजभोली समाजको सोच र दृष्टिकोणमा पनि विस्तारै परिवर्तन आउन थालेको छ । सधै चुलोचौकोमा मात्र सिमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरु उद्यमी बन्ने क्रम बढ्दो छ । केही महिलाहरु उद्यम गरेर आत्मनिर्रभर भई अहिले सम्मान पुर्वक जीवन व्यतित गरिरहेका छन् ।यसको राम्रो उदारहण बन्न सफल छ, रुपन्देहीको कन्चन गाउँपालिका ५ पिपरी चापाको ज्ञानोदय महिला समुह।
एक समयमा रुपन्देहीको कन्चन गाउँपालिका ५ पिपरी चापा बस्ने प्राय महिलाको दैनिकि घरभित्र मात्र थियो । तर अहिले महिला र समाज दुबैको सोच र व्यवहारमा परिवर्तन आएको छ । पछिल्लो समयमा पिपरी चापाका धेरै महिला सामुहिक रोजगारीमा छन् । यसले परिवारको आर्थीक अवस्था र महिला सशक्तीकरण दुवैमा सुधार भएको छ ।
रुपन्देहीको कन्चन गाउँपालिका ५ पिपरी चापाबस्ने बुद्धिसरा विक दिनभरि घरमै त्यत्तिकै बस्थिन । घरायसी काममा मात्रै तल्लीन रहनुहुने उहाँको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उनीसंग थिएन ।
तर अब फुर्सदको समय उहाँलाई त्यत्तिकै कटाउनुपर्दैन । उहाँलाई सञ्चालित सर्फ लुगा धुने पाउडर उत्पादन तालिमले उद्यमी बन्न सहयोग पु¥याएको छ । दलित महिला संघ फेडो ,ग्रिन तारा र रिड नेपालले सञ्चालन गरेको एक हप्ते तालिमले उहाँलाई दिउँसोको समयमा बेफुर्सदिलो त बनाउनेछ नै साथै आम्दानीको स्रोतको बाटो पनि देखाएको छ ।
“दिउँसोको समयमा अब त्यत्तिकै बस्नुपरेन, तालिम लिएपछि उद्यमी बन्न सहयोग पुगेको छ”, बुद्धिमायाले भनिन “घरमै बसेर समुहमा काम गरेर आम्दानी भईरहेको छ ।” ६ हजार लगानिबाट सुरु भएकोमा अहिले करिब डेढ लाख बराबरको लगानि भएको छ।
सोही ठाउँ निवासी नरमाया पुन पनि तालिम लिएर काम सुरु गरेपछि उत्साहित छिन । उनले भनिन “फुर्सदको समयमा दिदि बहिनी संग सामुहिक रुपमा काम गर्छौ समुहमा काम गर्दा सजिलो हुने र काम पनि छिटो छरिदो हुने गरेको हुन्छ ।”
त्यस्तै महिला दिदिबहिनीहरु संग काम गर्दा थप उत्साह थपिएको छ अन कुमारी सुनारलाई ,“जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ,तालीम लिएर काम सुरु गरेपछि आफूहरुमा आत्मविश्वास बढेको छ। ,आफ्नो गाँउ छिमेक बाट मात्र मात्र हैन अरु ठाँउबाट पनि राम्रै माग आउँदा खुसि लागेको उनले भनिन।
“घरमै बसेर काम गर्न पनि पाइने र आम्दानी पनि हुने समुहमा काम गर्दा समाजले हेर्ने दृष्टिकोण पनि फरक भएको छ यसलाक्षर्् निरन्तरता दिन्छु”, “यसका लागि घरपरिवारको पनि सहयोग पाएकी छु ।”
बिक ,पुन र सुनार जस्तै यहाँका १४ महिला तालिमपछि काम सुरु गरेका हुन। डेढ बर्ष अघि तालिम लिएर काम गर्नेमध्ये दलित र जनजाती समुदायका महिला छन् । कर्मठ बालिका परियोजना अन्तरगत पछी परेका समुदायको लागी महिलाहरुको आत्मविश्वास बढाएर, क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाई श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउने उद्देश्यले सञ्चालित तालिम प्रभावकारी भएको दलित महिला संघ फेडो रूपन्देही अध्यक्ष मन खड्काले जानकारी दिइन । “सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपर्दैन”, उनले भनिन “महिला अरुको भर पर्ने होइन, आफूँ उद्यमी भएर देखाउनुपर्छ ।”
रुपन्देहीको कन्चन गाउँपालिका वडा नं.५ वडा अध्यक्ष कृष्ण अधिकारीले महिला दिदि बहिनीले गरेको काममा सदैव सहयोग गर्ने पतिबद्धता ब्यक्त गरिन।उद्यमले महिलाको समय र सीपको सदुपयोगसँगै आर्थिक उपार्जनमा पनि सहयोग पुग्छ , अधिकारीले भनिन, “महिला आफैँ सक्षम हुन सक्छन् भनेर समाजमा उदाहरणीय प्रस्तुत गर्नुपर्छ उनीहरुले यसको सुरुवात गरेका छन ।”
स्थानीयस्तरमै ज्ञानोदय महिला समुहले उत्पादन गरेको सरसफाई निर्माण सामाग्री अन्तर्गत लुगा धुने पाउडर, टवाइलेट क्लीनर,भाडा धुने लिक्वीट उत्पादन गरि बिक्रि बितरण गर्दै आइरहेको छ बनकट्टा,मुर्गिया,सालझण्डि, हरैया लगाएत रुपन्देहिका बिभिन्न स्थानमा खपत हुने गरेको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्