बुटवल : बुटबल बहुमुखी क्याम्पसले ४६ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ ।
बार्षिकोत्सवको अवसवरमा क्याम्पसले साताव्यापी कार्यक्रम आयोजना गरेको छ । जस अन्र्तगत आज छात्र म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको हाे ।
क्याम्पस गेटबाट शुरु भएको दौड ट्राफिक चोक, हस्पिटल चोक, मिलन चोक, राजमार्ग चौराह हुदै पुन बुटबल क्याम्पसमा पुगि समापन भएको थियो । प्रतियोगिता खगेन्द्र खडका प्रथम, नविन कार्की द्धितिय र प्रदिप रायमाझी तृतिय भए।
त्यसै गरि लिला बहादुर थापा सान्त्वना भए । दौडमा ३० जना बिद्ययार्थी सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुनेले बार्षिकोत्सवको मुल समारोह कार्यक्रममा पुरस्कार बितरण गरिने छ ।
प्रतियोगिताको उद्याटन गदै प्रमुख अतिथि क्याम्पस प्रमुख डाक्टर शशिसरण सुबेदिले कयाम्पसले वार्षिक उत्सवको बिबिध रचनात्मक कर्यक्रमको अयोजना गरेको बताए ।
बार्षिकोत्सवको अवसरमा अयोजना हुने कार्यक्रमा बिद्ययार्थीहरुको सहभागितामालाई क्याम्पसले जोड दिएको सुवेदीले बताए । दौड प्रतियोगिताको संयोजन अनेरास्वीयू क्याम्पसल कमिटिले गरेको थियो ।
दौड उद्याटन कार्यक्रममा बोल्दै अनेरास्ववियू रुपन्देही सहसचिव शेषकान्त पोखरेलले क्याम्पसको शैक्षिक बिकाश साथै रचनात्कम काममाा अनेरास्ववियूले सधै सहकार्य गदै आएको बताए ।
कार्यक्रममा बोल्दै अनेरास्वीयूका अध्यक्ष भरत अर्यालले दौडलाइ पूर्ण रुपमा सफल पारेको बताए क्याम्पले गर्ने हरेक काममा अनेरास्वीयू सधै निरन्तर लागिरहने बताए ।
कार्यक्रममा अनेरास्वीयू जिल्ला सदस्य नविन थापा सारु, बुटबल क्याम्पसका प्रशासकिय अधिकृत भागिरथ भण्डारी, क्याम्पस कमिटि सचिव कुशल दिप क्षेत्रि लगायतकका बोलेका थिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्