जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ : विप्लव

जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ : विप्लव

प्रचण्डको राजनीतिक अस्तित्व सकियो

काठमाडौं – नेपाल कम्युनष्टि पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताएका छन् ।

कपिलवस्तुको शिवगढीमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । ‘अब जनतालाई अवसर चुन्ने अवसर दिनुपर्छ,’ महासचिव विप्लवले भनेका छन्, ‘वैज्ञानिक समाजावद कि संसदीय प्रणाली भनेर जनतालाई रोज्ने मौका दिनुपर्छ ।’

विप्लव समूहले पहिल्यैदेखि ‘वैज्ञानिक समाजवादी कि संसदीय प्रणाली’ भन्नेबारे जनमत संग्रह हुनुपर्ने बताउँदै आएको छ । ‘हामीलाई अधिकार दिनुस्,’ विप्लवले भनेका छन्, ‘हामी जनतालाई भन्छौँ, बुझाउँछौँ ।’

यस्तै फरक प्रसङ्गमा विप्लवले महासचिव विप्लवले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक अस्तित्व सकिएको बताएका छन् । ‘प्रचण्ड कमरेडले हाम्रा एकजना नेतालाई बोलाएर २० वर्ष म केही हुन्नँ, मलाई कसैले हल्लाउन सक्दैन भनेछन्,’ कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भनेका छन्, ‘तर हामीले छाडेको २० महिनामै प्रचण्ड त धुलोपिठो भए ।’

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij