काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
३४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हाे । याेसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप ६३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार ५० पुगेको छ । अहिले नौ सय ११ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण तीन हजार १२ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्