सिराहा – सिराहामा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय, सिराहा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले लाई जानकारी दिए ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको निरौलाको भनाइ छ । ‘हो, विस्फोट भएको हो,’ अधिकारी निरौलाले भने, ‘घाइतेमध्ये १ जनाको अवस्था निकै गम्भीर छ ।’
निरौलाका अनुसार मालपोत कार्यालय, सिरहानजिकै विस्फोट भएको हो । विस्फोटको कारण भने खुलिसकेको छैन । घटनास्थलमा प्रहरी परिचालित भइसकेको पनि निरौलाले जानकारी दिए । ‘घटनाबारे थप अनुसन्धान हुँदैछ, निरौलाले भने, ‘कारण खुलिसकेको अवस्था चाहिँ छैन । प्रहरी भने पुगेर पनि घटनाबारे जानकारी दिइसकेको छ ।’
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्