प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो चौथो पटक बस्ने बैठक हो ।

संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् सम्भावित कार्यसूची :-

प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij