काठमाडौं – नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । शुक्रबार दिउँसो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।
खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ।
नेपाल बार एसोसियसनका उपाध्यक्ष बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । २०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त खरेलले प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्