अमेरिकास्थित जोनसन एण्ड जोनसन कम्पनीको शेयरमा १० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
सो कम्पनीद्वारा उत्पादित ट्याल्कम पाउडरमा मानव स्वास्थ्यका लागि हानिकारक मानिएको एस्ब्याटस नामक तत्व फेला परेको भन्ने आरोपमा स्पष्ट तथ्य बाहिर ल्याउन नसकेपछि उसको शेयरमा भारी गिरावट आएको बीबीसीले उल्लेख गरेको छ । एस्ब्याटस नामक तत्व क्यान्सर रोगको कारक मानिन्छ ।
रोयटर्सले सार्वजनिक गरेको प्रतिवेदनमा सो कम्पनीको टल्याकम पाउडरमा कहिलेकाही एस्ब्याटस नामक तत्व फेला परेको उल्लेख छ । रोयटर्सले सन् १९७१ देखि सन् २००० सम्मको आन्तरिक परिक्षणको आधारमा प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ ।
यद्यपी सो कम्पनीले सो आरोपको खण्डन गर्दै प्रतिवेदन भ्रामक र एकतर्फी भएको दाबी गर्दै आएको छ । यसअघि पनि सो कम्पनीले उत्पादन गरेको टयाल्कका कारण क्यान्सर भएको भन्दै हजारौँ मुद्दाहरु परेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर २९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्