‘आवश्यक परे वैकल्पिक सरकार दिन्छाैँ भनेकै छाैँ तर परिस्थिति परिपक्व भएकाे छैन’

‘आवश्यक परे वैकल्पिक सरकार दिन्छाैँ भनेकै छाैँ तर परिस्थिति परिपक्व भएकाे छैन’

काठमाण्डौ – नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएको छन। पार्टी कार्यालय सानेपामा सोमवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उहाँले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन ।
उनले भने‘आवश्यकता पर्‍यो भने वैकल्पिक सरकार दिन्छौँ भनेकै छौँ तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भएको छैन ।’ बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमी कमजोरी लगायतबारे जानकारी गराएको थियो । क्रियाशील सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले बताए

सोमवारसम्म तीन लाख ९२ हजार सात सय ९४ जनाले क्रियाशील सदस्यताको सम्पूर्ण जानकारी इन्ट्री भइसकेको र त्यसमध्ये नयाँ एक लाख ८० हजार दुई सय ७५ जना र नवीकरण भएकोमा दुई लाख १२ हजार पाँच सय १९ जना रहेको उनले जानकारी दिए ।

लेखकका अनुसार देशभर १० लाख क्रियाशील सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ । कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा नवीकरण र नयाँ वितरणका लागि भोलि सम्मको समय दिएको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij