काठमाडौं । नेपाल र बंगलादेशबीच दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय बंगबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव यादवप्रसाद कोइराला र बंगलादेशी नागरिक उड्डयनसचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिसचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषिसचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिलासचिव बदरुल आरेफिन र वाणिज्यसचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका थिए ।
समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्