स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं – कोभिडको संक्रमणदर बढ्दै जादा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ । प्रशासनले सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क प्रयोग र स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको हो । ‘सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ,’ विज्ञप्ति भनिएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमण बढ्दो भएकाले सर्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न र सामजिक,सांस्कृतिक मर्यादा अनुसार खेल्न र सामजिकरभौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij