नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ । नेता नेपाल पक्षले शुक्रवार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले पार्टी एकिकरणलाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फकाईदिएसँगै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्ष दुई समूहमा आ-आफ्ना क्रियाकलाप गरिरहेका छन् ।

यसअघि अध्यक्ष ओली पक्षले गत फागुन २८ गते केन्द्रीय समिति बैठक बोलाई प्रदेश ईञ्चार्जहरुको नियुक्ती लगायतको निर्णय गरेको थियो ।

त्यसको विरोध जनाउँदै आएको नेपाल पक्षले एमाले निकटका विद्यार्थी संगठनदेखि महिला संगठनहरुमा समानान्तर कमिटी बनाइ सकेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij