रेशम चौधरी रिहाइको धर्नास्थल पुगेका गृहमन्त्रीले भने– वार्ता टोली बनाएर आउनुस्

रेशम चौधरी रिहाइको धर्नास्थल पुगेका गृहमन्त्रीले भने– वार्ता टोली बनाएर आउनुस्

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका आन्दाेलनकारीलाई भेटेका छन् । चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका थारु अगुवालाई भेट्न पुगेका गृहमन्त्री थापाले केहीबेर धर्नास्थलमा सडकमै बसेका थिए ।

थारु कल्याणकारिणी सभाको अगुवाइमा बसेको धर्नास्थल पुगेका मन्त्री थापाले चौधरीको रिहाइका लागि वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् । ‘माननीय रेशम चौधरीको रिहाइका लागि गृहमन्त्रीज्यूले वार्ता टोली बनाएर आउन भन्नुभएको छ,’ सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, ‘प्रधानमन्त्रीसँग पनि कुरा गरेर क्याबिनेटमा लैजान्छु भन्नुभएको छ ।’

२०७२ भदौ ७ गते घटेको टीकापुर घटनाको मुख्य योजनाकार ठान्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैद फैसला सुनाएको थियो, त्यसलाई उच्च अदालत दिपायलले सदर गरेपछि चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

यसअघि उनी सम्बद्ध दल जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतो चौधरीलाई भेट्न कारागारमै पुगेका थिए । चौधरीले नेता महतोमार्फत् नै एक विज्ञप्ति सार्वजनिक गरेका छन् । जसमा चौधरीले पार्टीको निर्णयमा बाधक नबन्ने उल्लेख गरेका छन् । केपी शर्मा ओली नेतृत्वका सरकारमा जाने कि नजाने भन्ने विषयको विवादमा आफू मुछिएपछि चौधरीले यस्तो स्पष्टीकरण दिएका हुन् । सरकारमा जाने कि नजाने भन्ने विषयमा जसपाभित्र दुई धार देखिएको छ ।

 

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij